Comments Add Comment

ग्रिजम्यानको दुई गोलसँगै बार्सिलोना विजयी

९ भदौ, काठमाडौं । एन्टोनी ग्रिजम्यानको दुई गोलसँगै बार्सिलोनाले ला लिगामा पहिलो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा रियल बेटिसले १५ औं मिनेटमा नबिल फकिरको गोलबाट अग्रता लिएको थियो तर पहिलो हाफको अन्त्यतिर ग्रिजम्यानले बराबरी गोल फर्काए । यसै सिजन एथ्लेटिको मड्रिडबाट १०७ मिलियन पाउण्डमा बार्सिलोना आएका उनको यो पहिलो गोल हो ।

दोस्रो हाफमा भने बार्सिलोना हाबी भयो । सुरुमा नै ग्रिजम्यानले दोस्रो गनेल गरे भने ५६ औं मिनेटमा कार्लोस परेरज र ६० औं मिनेटमा अल्बाले गोल गरे ।

खेलको ७७ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाए । तर दुई मिनेटपछि नै बेटिसका मोरोनले गोल गर्दै खेललाई ५–२ मा टुंग्याए ।

स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वरेज र उस्मान डेम्बेलेको चोटका कारण अनुपस्थित भएको खेलमा बार्सिलोनाले पेरेजलाई मौका दिएको थियो । साथै १६ वर्षका अन्सु फुटी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment