Comments Add Comment

कप्तान विराजले भने : फिटनेसको समस्याले मलेसिया गइनँ

९ भदौ, काठमाडौं । नेपाली फुटबलका कप्तान विराज महर्जनले आफ्नो बारेमा नसोधी मिडियाले समाचार छापेको दुखेसो पोखेका छन् ।

आज नेपालले २०२२ कतार विश्वकप फुटबलको दोस्रो चरणअन्ततर्गतको तयारीको रुपमा मैत्रीपूर्ण खेलमा मलेसियन लिग च्याम्पियन जोहोर डारुल टाजिमसँग खेल्दैछ । खेल स्थानीय समय अनुसार पौने ९ मा सुरु हुनेछ ।

यही खेलका लागि नियमित कप्तान विराज महर्जन भने उपस्थित हुने छैनन् । उनको अनुपस्थितिमा नेपालको कप्तानीको भूमिका सुजल श्रेष्ठले निभाउँदै छन् । आफू फिटनेशको कारण टिममा नपरेको भन्दै मिडियाले नकारात्मक समाचार छापेको विराजले टिप्पणी गरेका छन् ।

‘देब्रे घुडाँमा पिलो आएको छ । त्यसैले प्रशिक्षक योहान कालिनसँगको सल्लाह मै म टिम बाहिर बसेको हुँ । अब म टिम स्वदेश फर्किएसँगै अभ्यासमा आबद्ध हुन्छु ।’ विराजले भने, ‘तर नाम चलेको मिडियाले नै मेरो बारेमा नकरात्मक समाचार छाप्यो । मलाई एक पटक पनि सोधिएन ।’

नेपालको डिफेन्स लाइनमा अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल, अजित भण्डारी, सरोज दाहाल र दिनेश राजवंशी छन् । डिफेन्डर विराजको स्थानमा दिनेशले स्थान बनाएका हुन् ।

आफू यो मैत्रीपूर्ण खेलपछि फेरि टिमको क्लोज क्याम्पमा फर्किने विराजले बताएका छन् ।

‘म अमेरिका गएको हुँदा तीन चार हप्ता अभ्यास मैले छुटाए पनि । प्रशिक्षकले मलाई के भन्नु भएको थियो भने विराट तिम्रो ठाउँमा तीन चार जना भाइहरु राम्रो छ । उनीहरुले निकै मेहनत गरिरहेका छन् । उनीहरुलाई यो मैत्रीपूर्ण खेलबाट हेरौं न त भन्नु भयो । मैले पनि हुन्छ भने’, विराजले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment