Comments Add Comment

कुमारी बैंकद्वारा कराते खेलाडी पुरस्कृत

थाईल्यान्डमा सम्पन्न ओपन कराते प्रतियोगिता २०१९ मा जुनियर ४८-केजी वेट क्याटगोरीमा अन्र्तराष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंकले पचास हजार  पुरस्कार स्वरूप प्रदान गरेको छ ।

खेलकुदमार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कीर्तीमान कायम गर्न सफल उक्त खेलाडीलाई प्रोत्साहनको रूपमा सो पुरस्कार दिएको बैंकको मान्यता छ । नेपाली युवाहरुको खेल जगतमा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठूलो भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

आˆना देश्ाव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विविध क्षेत्रमा अझ प्रभावकारी एवं कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment