+
+

विप्लव समूहको इन्चार्ज हुँ भन्दै धम्की दिएको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १८:०५

१५ भदौ, काठमाडौं । विप्लव समूहको नाम लिएर सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहको काठमाडौं जिल्ला इन्चार्ज हुँ भनी घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिएर रकम असुलेको अभियोगमा प्रहरीले झापा घर भई वानेश्वर बस्ने विश्वराज शर्मा, भक्तपुर बस्ने सुवास कोइराला र काँडाघारी बस्ने शुभम घिमिरेलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई भदौ १३ गते र १५ गते काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिएका छन् । पक्राउ परेकामध्ये कोइरालाको साथबाट जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादकको परिचयपत्र बरामद भएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?