Comments Add Comment

‘मारुनी’ हेरेपछि पल र केकीले के भने ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मारुनी’ हेरेपछि नायिका केकी अधिकारीले आफूलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले गरेको भूमिका किन अफर गरिएन भन्ने लागेको बताएकी छिन् । चलचित्रको विशेष शोमा उपस्थित केकीले भनिन्–‘नवल दाइसँग मैले २ वटा चलचित्रमा काम गरिसकेकी छु । तर, यो चलचित्रको भूमिका मेरो लागि हो जस्तो लाग्यो ।’

उनले आफूलाई किन यो भूमिका अफर नगर्नुभएको भनेर निर्देशकलाई सोधेको समेत बताइन् । यस्तै, नायक पल शाहले चलचित्र हेरिसकेपछि आफूलाई यसको कथावस्तु, उठान गर्न खोजेको बिषय र कलाकारको अभिनय उत्कृष्ट लागेको बताए । उनले, यस्तो कथामा कमै नेपाली चलचित्र बन्ने भन्दै निर्माणपक्षले जोखिम मोलेको पनि बताए ।

नायिका वर्षा राउतले पनि चलचित्रलाई उत्कृष्ट भनेकी छिन् । उनले, चलचित्रको कथावस्तु र कलाकारको अभिनय लोभलाग्दो रहेको सुनाइन् । नायिका रीमा विश्वकर्माले कुनै बिषयलाई सुक्ष्म रुपमा उठान गरेर त्यसलाई स्थापित गर्न निर्देशक नवल नेपाल सफल भएको सुनाइन् ।

चलचित्र हेर्न दोश्रो पटक पुगेका नायक भूवन केसीले यसको बिषयवस्तु र मेकिङलाई उत्कृष्ट भने । चलचित्रले दर्शकको साथ औषत पाएपनि समिक्षा भने राम्रो पाएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment