+

एक खेलअघि नै टी-२० सिरिज न्युजिल्यान्डलाई

२०७६ भदौ  १८ गते ६:३० २०७६ भदौ १८ गते ६:३०
एक खेलअघि नै टी-२० सिरिज न्युजिल्यान्डलाई

१८ भदौ, काठमाडौं । न्युजिल्यान्डले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट सिरिज एक खेल अघि नै जितेको छ ।

पल्लाकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोली श्रीलंका न्युजिल्यान्डसँग चार विकेटले पराजित भएको हो । टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा श्रीलंका पराजित भएसँगै न्युजिल्यान्डले एक खेल अघि नै सिरिज जितेको हो ।

१६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । न्युजिल्यान्डका लागि दुई खेलाडीले अर्धशतक बनाए । कोलिन डि ग्रान्डहमले ५९ रन बनाउँदा टोम ब्रुसले ५३ रन बनाए । बलिङतर्फ अकिला दनन्जयले तीन विकेट लिए ।

यससअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशान डिकवेल्लाले ३९ र अभिस्का फर्नान्डोले ३७ रन बनाएका थिए ।

यसअघि पहिलो खेलमा पनि श्रीलंकालाई न्युजिल्यान्डले पराजित गरेको थियो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय