१९ भदौ, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’ बाट परिचित मानास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ ।
आरोही प्रकाशराज पाण्डेले उक्त ब्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लैजान लागेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले मनास्लुको चुचुरोमा पुर्याइने ब्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे । मनास्लुको चुचुरोमा पुर्याएको व्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए ।
सेप्टेम्बर तेश्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आइल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन् ।
प्रतिक्रिया 4