+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भैरहवामा सामुन्द्रिक छाल र कृत्रिम नदीसहित वाटर पार्क

हिम वर्षा (स्नो फल) पनि भित्राउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १०:५०

२० भदौ, बुटवल । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी भैरहवाको बोधी रेडसन होटेलले पश्चिम नेपालमै ठूलो र सुविधायुक्त वाटर पार्क सञ्चालनमा ल्याएको छ । वसन्तपुरस्थित होटेल परिसरमै साढे चार बिघा क्षेत्रफलमा १५ करोड रुपैयाँ लगानीमा वाटर पार्क सञ्चालनमा ल्याइएको हो ।

होटेलकै स्वामित्वको वाटर पार्कमा एक सय ४० वर्ग फिटको सामुन्द्रिक छालयुक्त पोखरी (वेभ पूल) र दुई किलोमिटर लामो कृत्रिम नदीसहितका मनोरन्जनयुक्त पुर्वाधारहरु बनाइएको होटलले जनाएको छ । यहाँको वेभ पुल र कृत्रिम नदी नेपालमा हालसम्मकै ठूला संरचना हुन् ।

अमेरिकी प्रविधिको वाटर पम्पले वेभ पुल समुन्द्रमा जस्तै छाल निकाल्ने गर्छ । ‘वेभ पुल यस क्षेत्रमै नौलो हो, जहाँ एकपटकमा दुई सय जनासम्मले मनोरन्जन लिन सक्छन्’, वाटर पार्कका अध्यक्ष प्रमोद यादवले भने, ‘कृत्रिम नदीमा पाइडल डुंगा शयर गर्न सकिन्छ ।’
पार्कमा वयस्कहरुका लागि ३५ फिट र १५ फिट अग्लो स्लाइडिङ, बच्चाहरुका लागि बेबी स्लाइडिङ, लेजी रिभर, रेन डान्स, जेट स्प्रे, अम्ब्रेला सावर, अक्वा प्ले, मल्टिपल वाटर गेमलगायतका पानीमा खेलेर गरिने मनोरन्जनयुक्त संरचनाहरु रहेका छन् । पार्कमा एकपटकमा सात सय जनाले मनोरन्जन लिन सक्छन् । वाटर पार्कमा प्रयोग हुने पानीले मानिसको छालामा कुनै असर नगरोस् भनेर १० वटा स्याण्ड फिल्टरमा छानेर पठाइने र विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका रसायन मात्रै प्रयोग गरिने पार्कका इन्चार्ज इन्जिनियर पाल्टुप लामाले बताए । ‘पानीको स्वच्छता र ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं’, इन्जिनियर लामाले भने ।

पार्कमा निकट भविष्यमै चिनियाँ प्रविधिको हिम वर्षा (स्नो फल) राख्ने योजना पनि होटलले बनाएको छ । ‘गर्मी मौसममा हिमाली क्षेत्रमा जस्तै शीतलता दिन माइनस २५ डिग्री सेल्सियस तापक्रमको स्नोफल राख्दै छौं’, अध्यक्ष यादवले भने, ‘अझै १५ करोड लगानी थपेर पार्कलाई नेपालकै उत्कृष्ट र सुविधासम्पन्न बनाउँछौं ।’

सामुन्द्रिक छालयुक्त वेभ पुल र स्नो फलसहितको वाटर पार्कले भारतीय र लुम्बिनी आउने विदेशी पर्यटकलाई आकर्षित गरी यहाँको पर्यटन विकासमा योगदान गर्ने पर्यटन व्यवसायी सञ्जय वजिमयले बताए ।

३५ करोड लगानीमा सय कोठासहित चार वर्षदेखि सञ्चालनमा रहेको दुईतारे स्तरको बोधी रेडसन होटेलको व्यवस्थापन अहिले ‘पिक’ ब्राण्डले सम्हालेको छ । होटेललाई चारतारेमा स्तरोन्नति गर्ने लक्ष्य रहेको महाप्रबन्धक सुनील श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?