Comments Add Comment

आशा भोसलेको कथा : जसका लागि उनले परिवार त्यागिन्

८७ की भइन् गायिका आशा

भारतीय सिनेमाको संगीतलाई एउटा उचाइमा पुर्‍याउनका लािग गायिका आशा भोसलेको महत्वपूर्ण योगदान छ । १२ हजारभन्दा बढि गीतहरुमा आफ्नो आवाज दिने यी गायिकाको आईतबार (सेप्टेम्बर ८) जन्मदिन हो । आशा ताईको नामले लोकपि्रय भएकी गायिका भोसलेको जन्म ८ सेप्टेम्बर १९३३ मा भएको थियो । उनले हिन्दी भाषाका मात्र होइन मराठी, बंगाली, पञ्जाबी, तमिल, मलयालम, अंग्रेजी, रुसी तथा नेपाली भाषाका गीतहरु गाइसकेकी छिन् । उनको ८७ औं जन्मदिनको अवसर उनकै जीवन र उनको करियरसंग सम्बन्धित केही जानकारी :

आशा भोसलेका बुवा दीनानाथ मंगेशकर पनि शास्त्रीय गायक थिए, तर जब आशा भोसले ९ वर्षकी थिइन्, त्यही बेला उनको बुवाको निधन भयो । त्यसपछि उनको परिवार पुणेबाट कोल्हापुर र त्यसपछि मुम्बई आयो । परिवारको सहायता गर्नका लागि आशा भोसलेले आफ्नी ठूली दिदी लता मंगेशकरसंगै गीत गाउन थालिन्, तर उनले करियरमा उचाइ छुनाका लागि निकै समय लगाइन् । उनले पहिलो कम बजेट भएको फिल्महरुमा गीत गाउन थालिन् र त्यसपछि बिस्तारै उनी भारतीय सिनेमा संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइन् ।

आशा भोसलेले आफ्नो पहिलो फिल्मी गति एउटा मराठी फिल्म ‘माझा बल’ का लागि गाएकी थिइन्, जसको बोल थियो ‘चला चला नव बाला’ । त्यो बेला उनको उमेर केवल १० वर्षको थियो । हिन्दी फिल्मको कुरा गर्ने हो भने १६ वर्षको उमेरमा आशाले पहिलो हिन्दी गीत गाएकी थिइन्, फिल्म ‘रात की रानी’ का लागि । सन् १९५२ मा आएको फिल्म ‘संगदिल’ मा गाएको गीतले उनलाई पहिलो सफलता दिलाएको थियो, जसलाई साजिद मुस्तफाले संगीतबद्ध गरेका थिए । त्यसपछि उनले थुप्रै फिल्महरुमा गीत गाइन् ।

वल्र्ड रेकर्डहरुलाई प्रमाणित गर्ने संस्था वल्र्ड रेकर्ड एकेडेमीले उनलाई मस्ट रेकर्ड आर्टिष्ट अफ द वल्र्डको रुपमा प्रमाणपत्र दिएको थियो । गिनिज बुक अफ वल्र्डमा पनि उनको नाममा मस्ट रेकर्ड आर्टिष्ट इन म्युजिक हिस्ट्रीका लागि समावेश गरिएको छ ।

यदि उनको नीजि जीवनको कुरा गर्ने हो भने उनले आफ्नो परिवारका विरुद्ध गएर विवाह गरेकी थिइन् । भनिन्छ, उनले उक्त विवाहका लागि घर नै छाड्ने निर्णय गरेकी थिइन् । उनले १६ वर्षको उमेरमै ३१ वर्षका गनपत राव भोसलेसंग विवाह गरेकी थिइन् । गनपतसंग डिभोर्स गरेपछि आशाले संगीतकार आरडी बर्मनलाई जीवन साथी बनाइन् । आरडी बर्मनले अन्तिम सास लिउञ्जेल आशाले उनलाई साथ दिएकी थिइन् ।

वसन्त झैं बस्न खोज्छ, मोहनी लाग्ला है, पहाडको माथि माथि, को होला मेरो मायालु, मेरो मनको, आज हाम्रो भेट भाको दिन, फेरी आयो, किन बढ्दैछ ढुकढुकी, साउने झरीमा, गैरी खेतको शिरै हान्यो…आदि विभिन्न नेपाली चलचित्रका गीतहरुमा पनि गायिका आशा भोसलेकै स्वर सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment