Comments Add Comment

टीकापुरमा भदौ २८ देखि डल्फिन महोत्सव

२४ भदौ, कैलाली । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलालीमा डल्फिन महोत्सव आयोजना हुने भएको छ । डल्फिन संरक्षण र पर्यटन वर्षलाई लक्षित गरी कैलाली होटल व्यवसायी संघले टीकापुरमा डल्फिन महोत्सव आयोजना गर्न लागेको हो ।

मंगलबार धनगढीमा पत्रकार सम्मलेन गर्दै कैलाली होटल व्यवसायी संघले यही भदौ २८ देखि ३० गतेसम्म टीकापुरमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।

‘डल्फिन संरक्षण, सम्बद्र्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ डल्फिन महोत्सव आयोजना गर्न लागिएको कैलाली होटल व्यवसायी सघंका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

महोत्सवमा डल्फिन अवलोकन, थारु तथा अछामी खानाको परिकार, थारु नृत्य, देउडा प्रतियोगिता, कर्णाली नदीमा जलयात्रा लगायतको व्यवस्था रहने अध्यक्ष शाहीले जानकारी दिए ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment