+

फ्रान्ससँग हार्‍यो एन्डोरा

२०७६ भदौ  २५ गते ७:४७ २०७६ भदौ २५ गते ७:४७
फ्रान्ससँग हार्‍यो एन्डोरा

२५ भदौ, काठमाडौं । फ्रान्सले युरो कप छनोट फुटबलमा एन्डोरालाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा घरेलु टोली फ्रान्सले एन्डोरालाई ३–० गोलअन्तरले पराजित गरेको हो । समूह ‘एच’ मा रहेको फ्रान्सले एन्डोरामाथि सहज जित निकालेको हो । फ्रान्सको जितमा किङस्लेय कोमान, क्लेमेन्ट लेङलेट र विसाम बेन एडरले समान १–१ गोल गरे ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको हो । खेलको १८औं मिनेटमा नै कोमानले गोल गर्दै १–० गोलको अग्रता दिलाए ।

त्यस्तै, खेलको ५२औं मिनेटमा क्लेमेन्टले र खेलको अतिरिक्त समयमा बेन एडरले गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै समूह ‘एच’ मा रहेको फ्रान्सले ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हारसहित १५ अंक बनाएर दोस्रो स्थानमा छ । यो समूहमा शीर्ष स्थानमा भने टर्की रहेको छ । टर्कीले मंगलबार राति भएको खेलमा मोल्डोभालाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय