+

मणी बिक्रम शाह स्मृति फुटसलको उपाधि लिटिल एन्जल्सलाई

२०७६ भदौ  २९ गते १९:०२ २०७६ भदौ २९ गते १९:०२
मणी बिक्रम शाह स्मृति फुटसलको उपाधि लिटिल एन्जल्सलाई

२९ भदौ, काठमाडौं । लिटिल एन्जल्स (एलए) स्कुलले मणी बिक्रम शाह स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा एलए स्कुलले माउण्टग्लोरी स्कुललाई ४–२ गोल अन्तरले हराँउदै पहिलो संस्करणको च्याम्पियन ट्रफि उचालेको हो । एलएको जितमा सिद्धान्त ढाकुरले दुई गोल गर्दा मुनाल थापा र विकास पुनले एक–एक गोल थपे । उपविजेतामा चित्त बुझाएको माउण्टग्लोरीका एलेक्स पौडेल र संजय लामाले समान एक–एक गोल फर्काएका थिए । उपाधि विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार नगद प्राप्त गरेका छन् ।

व्यक्तिगत पुरस्कारतर्फ एलएको एकाधिकार रह्यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एलएका बिसम पुनले हात पार्दा उत्कृष्ट गोलकिप्परमा एलएका आकाश राई चुनिए । त्यस्तै प्रतियोगिता अवधिभर ४ खेलबाट ९ गोल गरेका एलएका सिद्धान्त ढकुरले हाईस्कोर कर्ताको उपाधि जिते ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय