Comments Add Comment

नेपाली महिला टिम एसियन टेबलटेनिसको फाइनलमा

३० भदौ, काठमाडौं । इन्डोनेसियाको योकर्ता शहरमा जारी २४ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ ।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यकाअनुुसार नविता श्रेष्ठ, एलिना महर्जन र शिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग भने समान ३–० को सेटमा नै पराजित भएको थियो ।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३–० ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment