+

बार्सिलोनाका अल्बा दुई साता मैदान बाहिर

२०७६ असोज  १ गते १९:०४ २०७६ असोज १ गते १९:०४
बार्सिलोनाका अल्बा दुई साता मैदान बाहिर

१ असोज, काठमाडौं । बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बा करिब दुई साता मैदान बाहिर रहने भएका छन् ।

च्याम्पियन्स लिग फुटबलको समूह ‘एफ’ मा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमन्डबीचको खेलको दौरानमा उनी घाइते हुन पुगेका थिए । मेडिकल टेष्टपछि उनी करिब १० देखि १५ दिनसम्म मैदान बाहिर नै रहने मार्काले लेखेको छ ।

बोरुसिया डर्टमन्डविरुद्ध पहिलो रोजाइमा परेका अल्बाको खेलकै दौरानमा देब्रे खुट्टामा चोट लागेको थियो । उनी खेल्न नसक्ने भएपछि खेलको ४० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए भने उनको स्थानमा सेर्गी रोबेर्टोलाई बार्सिलोनाले मैदानमा छिराएको थियो ।

योसँगै अब अल्बाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत ग्रानाडासँग हुने खेल गुमाउने छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय