+
+
Shares

ललितपुर प्रहरी प्रमुखले भने – एक रुपैयाँ पनि खाएको भेटिए बर्दी फुकाल्छु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते ४:०६

२ असोज, काठमाडौं । प्रहरीका विभिन्न इकाइमा नेतृत्व परिवर्तन भएसँगै पत्रकार बोलाएर योजना सार्वजनिक गर्ने चलन नौलो होइन ।

ललितपुर प्रहरी प्रमुख भएर आएको एक सातापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले पनि बिहीबार पत्रकार बोलाएर योजना सार्वजनिक गरे ।

ललितपुरका विभिन्न क्षेत्रमा रहेको ढुंगा खानी प्रहरीकै संरक्षणमा निर्बाधरुपमा चलिरहेकादेखि समाचार लेख्दा सञ्चारकर्मीलाई धम्क्याइएकोसम्मका विषय अन्तरक्रियाका क्रममा उठे ।

जवाफमा आफ्नो विगत स्मरण गराउँदै राईले भने, ‘अहिलेसम्म २४ वर्षको करियरमा मैले कसैको एक रुपैयाँ पनि खाएको छ भने बर्दी फुकालिदिन्छु ।’ उनले इञ्चार्ज हुनुको नाताले राम्रो र नराम्रो दुबै कामको जिम्मेवारी लिने पनि बताए ।

‘हिजो के भयो, त्यतातिर नजाऊ । अब पुलिसको काम विशुद्ध सुरक्षा दिने हो’, उनले सुनाए, ‘कानूनविपरीतका गतिविधिलाई प्रहरीले आफ्नो अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउँछ ।’

उनले कतिपय सर्वसाधारणले प्रहरी कार्यालयबाट सेवा लिएको पैसा लाग्दैन भन्ने थाहा नहुँदा पनि अनावश्यक रुपमा प्रलोभनमा दिने वा लिइने गरिएको बताए ।

‘प्रहरी कार्यालयमा कुनै कामको पैसा लाग्दैन’, उनले भने, ‘जाहेरी लिने बेला पनि बाहिर बस्नेले त्यसवापत कम्तिमा सय रुपैयाँ लिने गरेका छन् । त्यसलाई हटाउन नमूना फारम प्रहरीले नै टाइप गरेर निकाल्नेछ ।’

यसले भयरहित ढंगबाट नागरिकले प्रहरीको सेवा पाउनेमा सर्वसाधारणलाई विश्वास दिलाउन मद्दत पुग्ने उनले बताए । उनले पाँच वर्षको अवधिमा ललितपुरको अपराधको प्रवृत्तिको विश्लेषण गरेर सोही अनुरुपको योजना अघि सारिने बताए ।

‘गृहमन्त्रीज्यूले सार्वजनिक गर्नु भएको ८२ बुँदे कार्ययोजना, प्रहरी महानिरीक्षकज्यूको सांगठानिक प्राथमिकतालगायतलाई पालना गर्दै हामी अघि बढ्छौं’, राईले भने, ‘आन्तरिक शुद्धीकरणलाई पनि प्राथमकिता दिनेछु ।’

राईले नेतृत्व सम्हालेको छोटो अवधिमै केही अधिकृत कारबाहीमा पनि परिसकेको उनले बताए ।

को हुन् राई ?

०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईको अधिकांश समय ‘इन्टलिजेन्स’ शाखामा वितेको छ ।

आतंकवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने नेपाल प्रहरीको गोप्य निकाय स्पेसल ब्युरो (हाल विशेष ब्युरो) मा लामो समय काम गरेको अनुभव उनीसँग छ ।

जागिरे जीवनमा उनले एसपी हुँदा बाँके प्रहरीको कमाण्ड गरेका छन् भने ३ पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गरेका छन् ।

नेपाल प्रहरीका सीमित ‘एफबीआई ग्राजुएट’ मध्ये उनी पनि एक हुन् । उनले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?