Comments Add Comment

जिम्बाब्वेविरुद्ध इशान र कुशलको डेब्यु

१० असोज, काठमाडौं । सिंगापुरमा शुक्रबारबाट सुरु भएको टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध टस जितेर ब्याटिङ थालेको छ ।

इण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ रोजेसँगै जिम्बाब्वेले बलिङको निम्तो पाएको हो । नेपाली टिममा दुई खेलाडीले डेब्यु गरेका छन् ।

इशान पाण्डे र कुशल मल्लले जिम्बाब्वेविरुद्ध डेब्यु गरेका हुन् । यी दुबै खेलाडी नेपाली सिनियर टिममा पहिलो पटक परेका हुन् ।

टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment