Comments Add Comment

दक्षिण अफ्रिकाले पायो ३९५ रनको लक्ष्य

काठमाडौं । भारतविरुद्धको पहिलो टेष्ट जित्न दक्षिण अफ्रिकाले ३९५ रनको लक्ष्य पाएको छ ।

तर उसको सुरुवात भने खराब रहृयो । चौथो दिनको खेल सकिँदा मात्र ११ रन जोडेको उसले एक विकेट गुमाइसकेको छ ।

यसअघि भारतले चार विकेटको क्षतिमा ३२३ रन बनाएपछि दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका रोहित शर्माले १२७ रन बनाए भने चेतेश्पर पुजाराले ८१ रज जोडे । कप्तान विराट कोहली ४० रनमा अविजित रहे ।

चौथो दिनको खेल भने दक्षिण अफि्रकाले ८ विकेटको क्षतिमा बनाएको ३८५ रनबाट थालेको थियो । ४३१ रन बनाउँदा बाँकी दुई विकेट पनि गुमायो ।

यसअघि भारतले मयांक अग्रवाल र रोहित शर्माको शानदार प्रदर्शनको मदतमा बनाएको ५०२ रनमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका मयंकले २१५ रन बनाउँदा रोहित १७६ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment