Comments Add Comment

देशकै दशैं संस्कृतिको केन्द्र हो गण्डकी

गण्डकी प्रदेशका गाउँ अहिले अधिकांश मान्छे छैनन् । अब दशैं आएपछि बजार बसेका केही अभिभावकसँगै गाउँ पुग्छन् । नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण हुनै सकेको छैन । दशैंको गरिमा र मूल्यमान्यतालाई नयाँ पुस्तामा पुर्‍याउन नसक्नु ठूलो बिडम्बना भइरहेको छ । दशैं मान्नेहरुको पनि संस्कृति फेरिरहको छ । जाँड, रक्सी, मासु खाने, जुवा खेल्ने, घुम्ने काम भइरहेको छ तर दशैंको मूल्य मान्यता र महत्वअनुसार अनुशरण गर्ने हराउँदै गए ।

गण्डकी प्रदेशको दशैं नेपालकै उदाहरणीय दशैं हो । नेपालमा गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता आएको छ । तर पुरानो सामन्तकालीन इतिहास नकोट्याइकन हाम्रो विषय पुरा हुँदैन । त्यही सामान्तकालीन इतिहासले हाम्रो पहिचानलाई पढाएको छ ।

गण्डकी प्रदेशका जिल्लामा पहिले शाह, खाँड, सेन लगायतका राजा थिए । तिनका कोटहरु अहिले पनि छन् । ती कोटहरुमा मगर पुजारी बाहुन पुरेत छन् । बाहुन भनेको तागाधारी जात, मगर भनेको मतवाली जात । यसरी मिलेर बसेका छन् । कोटहरुमा जहाँ काली स्थापना गरेको छ, त्यसलाई गुप्तकाली पनि भन्छन्, गुह्यकाली पनि भन्छन् । जहाँ गुप्तकाली स्थापना भएको छ । त्यहाँ मगर पुजारीबाहेक अरु पस्न पाइँदैन । त्यहाँ बाहुनहरु बाहिर बसेर, दुर्गा कवच, चण्डी, देवी भागवत पढ्ने हो । त्यहाँ अग्राधिकार मगरहरुको छ ।

अर्को अचम्मको परम्परा के छ भने गण्डकीका कोटहरुमा कालरात्रीको मध्यरातमा मगर पुजारीले केराको पातमा भातीको जाँड पोको पारेर कालीलाई चडाउँछन् । मगर पुजारीले भातीको जाँड चढाएपछि बाहुन पुरेतले हरिओम तत्सत् भनेर संकल्प जप्छन् र कालरात्रीको भोग अर्थात बली चढाउन थालिन्छ । यस्तो किसिमको समन्वय छ ।

गण्डकी प्रदेश दमाइ तालुकदार मुखिया भएर बसेको ठाउँ हो । मुसलमान पनि तालुकदार मुखिया भएर बसेको ठाउँ हो । २०२२ सालमा भूमि सुधार लागु भएर तालुकी प्रथा नहटुन्जेल उनीहरुलाई सबैले नमानी सुखै थिएन ।

पोखराको भैरव टोलदेखि अलिमाथि लामाचौतारा भन्ने एउटा टोल थियो । लामा चौतारामा अहिले पनि एउटा दमाइ टोल छ । त्यहाँका दमाईलाई तालुकी मुखियाको जिम्मेवारी पनि दिइएको इतिहास छ । त्यहाँ लालु मुखियाको जिम्मामा थियो । लालु दमाइका नाममा मुखियाको जिम्मेवारी दियएको कागजपत्रहरु अहिले पनि हेर्न पाइन्छ । लालु मुखियामा सन्ततीहरु अहिले भेट्न पनि सकिन्छ । बडादशैंको अवसरमा सबै बाहुन, क्षेत्री, नेवार मुखिया मान्न जानुपथ्र्यो । नेवारहरु मसलाको पोको लिएर मुखिया सा’ब भन्दै भेट्न जान्थे । बाहुन, क्षेत्रीले केरा, दही लिएर जाने र मान्ने गरिन्थ्यो ।

अर्को पोखराको कुँडहरमा मुसलमानहरुको बस्ती छ । त्यो प्राचिन बस्ती हो । त्यहाँ मुसलमानका ३ तालुकदार मुखिया थिए । त्यहाँका एक जना रहमत अलि मुखिया थिए । उनलाई मैले पनि देखे, भेटेको छु । ती मुसलमान मुखियालाई क्षेत्री, बाहुन लगायतले मान्न जानुपथ्र्यो । मुसलमान मुखियाबाट टीका लगाएर फर्किन्थे ।

स्याङ्जाको चापाकोटमा तीनचार सय घर रैती भएका मुसलमान ठूला जिम्बाल थिए रे । उनीपछि प्रधानपञ्च पनि भए भन्ने थियो । त्यहाँ बाहुन, क्षेत्री र कथित ठूला भनिएकाहरु मुखिया मान्न जानुपथ्र्यो । यस्तो परम्परा अयन्त्र पाइँदैन ।

कास्कीका विभिन्न ठाउँमा सराय खेल खेल्थे । अहिले कास्कीकोटमा मात्रै सराय खेल हुन्छ । नगराको तालमा ढाल तरबार लिएर मान्छेहरु नाच्छन् । यो सरायमा बुनै पनि जातजाती, छुवाछुत, सानो ठूलो भन्ने छैन । सबै सरोबरी सराय खेल्छन् । कसैले कसलाई केही भन्दैन । दलितदेखि गन्धर्वसम्मको भूमिका मौलो पूजामा छ । कास्कीकोटको मौलो पूजामा सबै जातजातिका मान्छेको सहभागी भएर काम गर्छन् । सबैलाई आआफ्नो जिम्मेवारी तोकिएको छ ।

सबै जातजातिको सहभागिता र समन्वय गण्डकी प्रदेशभित्र पाइन्छ । दशैं पर्वले सबैलाई समन्वय गराएको छ । त्यहाँ छुवाछुटको भेदभाव छैन । तर, यो चाड फलानो र यो डिस्कानाको भन्नुको त्यति अर्थपूर्ण छैन । कानुनले नै बर्जित ग¥यो छुवाछुतलाई, धर्म, चाडपर्वले पनि कहिल्यै छुवाछुत र सानोठूलो भनेको छैन । गलत अर्थ लगाउने र त्यस्तै व्यवहार गर्नेहरुले समाजलाई अप्ठ्यारो पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment