Comments Add Comment

दसैंमा मासु मात्र किन, सिस्नो पनि खाने कि ?

सिस्नो केही समय अघिसम्म नेपालका निम्नवर्गीय परिवारले खाने तरकारीको रुपमा परिचित थियो । यो टिप्न गाह्रो र पकाउन पनि झण्झट हुने भएकोले मध्यम एवं उच्च आर्थिक स्तर भएका परिवारहरुले यसलाई आफ्नो रोजाईमा पारेनन् । तर, जब सिस्नोको महत्व वैज्ञानिक रुपमा समेत पुष्टि हुनथाल्यो । त्यसपछि सिस्नोको लोकप्रियता बढ्न थाल्यो ।

सिस्नो नेपालको पहाडी भेगमा पूर्वदेखि पश्चिमसम्म जतात्यतै पाईने एक किसिमको झार हो । सिस्नोलाई अङ्गेजीमा नेटल भनेर चिनिन्छ । यसमा पर्याप्त मात्रामा औषधीय गुण रहेको हुन्छ । त्यसैले यसलाई केवल उमालेर मात्रै खान सकिन्छ । यसभित्र रौं जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने(जलन) वा हिस्टामाइनका कारण छाला सुन्निने गर्दछ । त्यसैले सिस्नोले पोल्ने भएकोले तरकारी संकलन नै पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोही दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी जस्ता आइरनतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । सिस्नो शाकाहारीको लागि अति उत्तम भोजन हो । त्यसैले यो दसैंमा सिस्नोको तरिकारी शाकाहारीको लागि उपयुक्त मानिन्छ । चिकित्सकहरुका अनुसार यसमा २५ प्रतिशतसम्म प्रोटिन प्राप्त हुन्छ ।

 सिस्नो बनाउन आवश्यक सामग्री

सिस्नोको परिकार बनाउनुभन्दा पहिले आवश्यक पर्ने सबै सामग्रीहरु तयारी अवस्थामा राख्नुपर्दछ ।  जसले गर्दा खाना पकाउन सुरु गरिसकेपछि सामान खोज्दै भौतारिनु नपरोस् । यदि सिस्नोलाई उमाल्ने तयारीमा हुनुहुन्छ भने ध्यान दिनुहोस् कि प्रेसर कुकर वा अरु पकाउने भाँडाको बिर्को अनिवार्य लगाउने गर्नुपर्दछ । सिस्नो उमाल्न भने प्रेसरकुकरकै आवश्यकता पनि पर्दैन । आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने सबै उपकरणहरुलाई व्यवस्थित गर्नुपर्दछ । पकाउने समयमा काम लाग्ने र खाना पस्किँदा काम लाग्ने सबै भाँडाकुँडाहरुलाई आफ्नो अघि राख्नुपर्दछ ।

को तरकारी कसरी बनाउने ?

पकाउने कुरा जे जुकै होस्, खाना मीठो हुनु जो कोहीको लागि पनि पहिलो शर्त हो । घरमा खाना मीठो नबनाएकै भरमा घरमा श्रीमान् श्रीमतीबीच समेत मनमुटाव हुने गर्दछ । कुनैपनि खानेकुरा पकाउने तरिका जान्ने हो भने यस्ता समस्याहरुबाट सजिलै मुक्ति पाउन सकिन्छ । आज हामी सिस्नोलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे बताउँदैछौं । सिस्नो स्वास्थ्यको लागि आवश्यक पर्ने र सहजै उपलब्ध हुने तरकारीको एक प्रजाति पनि हो ।

सिस्नो जातैले पोल्ने जात हो । स्वास्थ्यको लागि यो अति नै महत्वपूर्ण पनि रहेको र पकाउन जानेको खण्डमा यसको स्वाद समेत निकै मीठो हुने भएकोले सबैभन्दा पहिले सावधानीपूर्वक पात वा यसको मुना संकलन गर्नुपर्दछ । संकलन गरिएको पात र मुनालाई १०० डिग्रीमा तताएको पानीमा उमाल्नु पर्दछ । मुना र पात राम्रोसँग नपाकेसम्म यसलाई उमालिरहनु पर्दछ । पात र मुना पाकिसकेपछि त्यसलाई पानीमा घोलेर सुप जस्तो बनाउन सकिन्छ । सोही सुप सेवन गरेर पनि यसको पौष्टिकता लिन सकिने चिकित्सकहरु बताउँछन् ।

त्यस्तै, यसलाई राम्रोसँग उमालेर वा त्यसैपनि तरकारीको रुपमा समेत प्रयोग गर्न सकिन्छ । तरकारीको रुपमा प्रयोगगर्दा भने यो साग जस्तोगरी पकाएर प्रयोग गर्ने गरिन्छ । यसबाहेक सिस्नुको रस, सिस्नुको पिठो आदि समेत बजारमा पर्याप्त रुपमा पाउने गरिन्छ । यो पकाएर अरु तरकारीसँग मिसाएर खान समेत सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment