+
+
Shares

सर्पको डसाइबाट १ को मृत्यु, १ सिकिस्त

रासस रासस
२०७६ असोज २४ गते ११:४९

२४ असोज, दाङ । सर्पको डसाइबाट दाङमा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१०, झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन् ।

खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विशालु सर्पको डसाइबाट घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज बिहान मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

त्यसैगरी, पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत पनि सर्पको डसाइबाट गम्भीर रहेका छन् । आफ्नै घरको बरण्डामा गएराति बसिरहेको अवस्थामा विषालु सर्पले निजलाई डसेको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट गम्भीर रहेका रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?