२४ असोज, काठमाडौं । सान मारिनोमाथि गोलको वर्षा गरेको बेल्जियम युरो २०२० मा छनोट हुने पहिलो टिम बनेको छ ।
बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोमाथि ९–० को फराकिलो जित हात पारेको हो । उसका ८ खेलाडीले गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमले पहिलो हाफमा ६ गोल गरेको थियो । उसका रोमेलु लुकाकुले दुई गोल गरे । यससँगै उनको अन्तराष्ट्रिय गोल ५१ पुगेको छ । बेल्जियमका लागि ५० गोलको सीमा पार गर्ने उनी एक्ला फुटबलर हुन् ।
यो जितसँगै २१ अंकका साथ समूह आईको शीर्ष स्थानमा रहेको बेल्जियम तेस्रो स्थानमा रहेको साइप्रसभन्दा ११ अंकले अगाडि छ ।
प्रतिक्रिया 4