Comments Add Comment

ओपो रेनोटू एफ असोज २९ गते नेपालमा सार्वजनिक हुने

२७ असोज, कामठमाडौं । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा आश्विन २९ गते, बुधवारका दिन सार्वजनिक गरिने छ ।

ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्‍याम, हिडन फिंगरपि्रण्ट लगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् ।

अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अदृतिय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय सम्म टिक्ने ब्याट्री लगायत सुविधा पनि उपलब्ध गराउँछ । समग्रमा हेर्दा रेनोटू एफले प्रयोगकर्ताका फराकिलो वर्गलाई समेट्ने अनुमान सहजै गर्न सकिन्छ ।

ओपो रेनोटू एफले रेनो सिरिजको रचनात्मकता (क्रिएटिव) जिन आफूमा पनि समेतेको छ । साथै, प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधारपनि प्रस्तुत गरिएको छ ।

सान्सारिक सुन्दरतालाई फरक दृष्टिकोणबाट हेर्न सघाउने माध्यमका रुपमा रहेको ओपो रेनोटू एफले स्मार्टफोनमा मात्र सिमित नरही हत्केलामै अटाउने सहज प्रयोगकर्ता अनुभव, शक्तिशाली रचनात्मक उपकरणका रुपमा समेत काम गर्छ ।

रेनोटू एफ

ओपो रेनोटू एफमा यस पटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमता पनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक रहेको छ ।

ब्याट्री

ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमापनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच -टीवाईपी) ब्याट्री जडान गरेको छ ।

यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई पि|mज गरी ब्याट्री बचतमा सघाउ पुर्‍याउँछ ।

गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउनेछन् ।

कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा टि्रक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१Ü चार्ज गर्ने क्षमता राख्छ ।

त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८जीबी र्‍याम र दरिलो सुरक्षार्थ यसमा हिडन फिंगरपि्रण्ट अनलक प्रणालीको ब्यवस्थापनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment