Comments Add Comment

स्मार्ट कार्डले पायाे भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति

३० असोज, काठमाडौं । स्मार्ट कार्ड नेपाल प्रालिलाई नेपाल राष्ट्र बैंकले ‘भूक्तानी तथा बचत सेवा प्रदायक’को अनुमतिपत्र दिएको छ । कम्पनीले भूक्तानी तथा र्फछ्योड विनियमावली अनुसार बैंक बाट अनुमति पत्र (अपरेटिङ लाइसेन्स) पाएको हो। भुक्तानी तथा फछ्र्याेट विनियमावली अनुसार यो अनुमति प्राप्त भएको हो ।
अब कम्पनीले निक भविष्यमा नै कारोबारमा सुरु गर्ने बताएको छ ।

२०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड नेपाल डिजिटल प्रविधीमा आधारित पेमेन्ट एण्ड गेटवे कम्पनी हो । कम्पनीले अत्याधुनिक प्रविधीको प्रिपेड स्क्र्याच कार्ड (स्मार्ट स्क्र्याच कार्ड) र डिजिटल वलेट (स्मार्ट वालेट) को माध्यम बाट सेवा प्रवाह गर्नेछ ।

पि्रपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न तथा डिजिटल वालेट लोड गरेर आर्थिक कारोवार गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्ता लाई बित्तीय पहुँच पुर्‍याउने, नगद कारोवार लाई क्यास लेस ट्रान्जेक्सनमा प्रोत्साहन गर्ने, सानो-सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको विकास गराउने र ग्रामीण भेगमा समेत आफ्नो सेवा सञ्चालन गर्ने जानकारी विज्ञप्तिमार्फत दिएको छ । यसको मोबाइल एप्लिकेसन आईओएस र एन्ड्रोइड दुबैमा उपलब्ध छ । यो एप्लिकेसन अफलाइनमा पनि चल्नेछ ।

कम्पनीले कारोवारको लागी वेब एप्लिकेसन र मोबाईल एप्लिकेसन समेत उपलब्ध गराई सकेको बताएको छ । कम्पनीको सञ्चालक अध्यक्ष प्रताप जंग पाण्डे हुन् भने सञ्चालकहरुमा अम्बिकाप्रसाद पौडेल, चिरिञ्जवी थापा, तिलकबहादुर रानाभाट र रमेश दियाली छन् । प्रोमोटरमा सुवास अमात्य, रमेशकुमार पण्डित छन् भने प्रमुख कार्यकारी अधिकृत शिव दास सिं लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment