+

दक्षिण अफ्रिकाविरुद्ध रोहितको अर्को शतक

२०७६ कात्तिक  २ गते १४:५४ २०७६ कात्तिक २ गते १४:५४
दक्षिण अफ्रिकाविरुद्ध रोहितको अर्को शतक

२ कात्तिक, काठमाडौं । भारतका रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा पनि शतक बनाएका छन् ।

यो सिरिजमा उनको तेस्रो शतक हो । विशाखापटनम टेष्टको पहिलो पारीमा १७६ रन बनाएका उनले दोस्रो पारीमा १२७ रन जोडे । पुणेमा रोहितको ब्याटिङ चलेन । तर राँचीमा शतक बनाए ।

यससँगै रोहित रोहित गावस्करसँगै एकै सिरिजमा तीन शतक बनाउने खेलाडीको सूचीमा परेका छन् । तर सुनिल गावस्करले वेष्ट इण्डिजविरुद्ध एकै सिरिजमा चार शतक बनाएको रेकर्ड छ ।

रोहितको यो करियरको २० टेष्ट हो । र, उनले टेष्टमा २००० रन पनि पुरा गरेका छन् । अब रोहितको टेष्ट औसत ४६भन्दा बढी भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय