Comments Add Comment

लागूऔषधसहित हेटौंडाबाट ३ जना पक्राउ

५ कात्तिक, हेटौंडा । प्रहरीले लागूऔषधसहित मकवानपुरबाट ३ जनालाई पक्राउ गरेको छ ।

हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकलबाट लागूऔषध गाँजासहित २ जना र हेटौंडा- १५ भोर्लेबाट थप एक जना गरी ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा पथलैया सडकखण्डमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको मोटरसाइकलमा  लागूऔषध  गाँजाको ज्याकेट लगाएर जाँदै गरेका पर्सा जिल्ला बहुदरमाई नगरपालिका-१ का ३८ बर्षीय शम्भु साह कलवार र वडा नम्बर ३ का २६ बर्षीय असलम देवानलाई पक्राउ गरेको हो ।

कालो प्लास्टिकको डोरीले सिएर कपडाको ज्याकेट बनाइ ४ किलोग्राम लागूऔषध गाँजा लैजान लागेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले हेटौडा-१५ भोर्लेबाट ३२ बर्षीय रवीन्द्र गोलेलाई  १ सय १० थान लागूऔषध नाइट्रोसनसहित पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा उनको गोजीबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment