Comments Add Comment

डब्ल्यूसीएल क्रिकेट : उपाधि जित्ने दुवै टिमको दाबी

काठमाडौं । वुमन च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेट पहिलो संस्करणको पहिलो खेलमा जुन टिम भिडेका थिए, उपाधिका लागि पनि भोलि त्यही टिम भिड्दैछन् । र, दुबै टिमका कप्तानको दाबी छ, ‘उपाधि जिच्छौं ।’

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले फाइनलको अघिल्लो दिन ट्रफीसँग चितवन राइनोज र क्याट क्विन्स काठमाडौंकी कप्तानको फोटोसुट चन्द्रगिरीमा राखेको थियो । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौंकी कप्तान रुविना क्षेत्री र चितवनकी इन्दु बर्माले उपाधि जित्ने दाबी गरिन् ।

पहिलो खेलमा चितवनले बाजी मारेको थियो । काठमाडौंलाई मात्र ९२ रनमा समेटेको उसले ५ विकेटको जित हात पारेको थियो । त्यसयता उसले सबै खेल जितेको छ । कप्तान इन्दुले टिमको मोमेन्टम राम्रो भएको बताइन् ।

काठमाडौंले पनि प्रतियोगितामा हारेको त्यही मात्र खेल हो । त्यसपछि सबै खेल जितेको छ । काठमाडौंकी कप्तान रुविनाले पहिलो खेलमा गरेको गल्ती सच्याउने बताइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment