+
+

‘भीआईपी’ जुवाखालबाट समातिएका बलेसहित ६ जनाले गुहारे अदालत

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ११ गते १२:२६

११ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना प्रहरीविरुद्ध अदालत पुगेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो ।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा छन् । प्रहरीले उनीहरुलाई सोमबार दिउँसो सर्वोच्च अदालत उपस्थित गराउँदैछ ।

शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी गरिएको महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?