+

यूएईलाई हराउँदै स्कटल्याण्ड टी–२० विश्वकपमा

२०७६ कात्तिक  १३ गते १९:२७ २०७६ कात्तिक १३ गते १९:२७
यूएईलाई हराउँदै स्कटल्याण्ड टी–२० विश्वकपमा

१३ कात्तिक, काठमाडौं । स्कटल्याण्डले यूएईलाई ९० रनले हराएको छ र टी–२० विश्वकपमा स्थान बनाएको छ ।

दुबईमा जारी विश्वकप छनोटको पाँचौं स्थानको प्ले अफ सेमिफाइनलमा बुधबार स्कटल्याण्ड र यूएईले प्रतिस्पर्धा गरेका थिए ।

पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ६ विकेट गुमाएर १९८ रन बनायो । उसका जर्न मान्सीले ६५ रन बनाए भने रिची बेरिङटन मात्र २ रनले अर्धशतक बनाउन चुके ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले १८.३ ओभरमा १०८ रन बनाउँदा सबै विकेट गुमायो । उसका रमिन शाहजादले सर्वाधिक ३४ रन बनाए । यूएईलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका शाफियान शरिफ र मार्क वाटले ३–३ विकेट लिए ।

पपुवा न्यूगिनी, आयरल्याण्ड, नेदरल्याण्ड्स र नामिबिया यसअघि नै विश्वकपमा पुगिसकेको छन् ।

ग्लोबल छनोटबाट विश्वकपमा पुग्ने अन्तिम टोलीको टुग्गो हङकङ र ओमानको खेलबाट लाग्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय