+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

कांग्रेस अब तदर्थवादबाट चल्न सक्दैन : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १८:०५

१५ कात्तिक, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस अब तदर्थवादबाट चल्न नसक्ने बताएका छन् ।

पार्टीका भातृ संगठनहरुका तदर्थ समितिहरु गठन गर्न लागिएको तर्फ संकेत गर्दै उनले कांग्रेस पार्टी अब तदर्थवादबाट चल्न नसक्ने बताएका हुन् ।

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन प्रदेश नं ५ ले  शुक्रबार बुटवलमा गरेको ‘संविधान प्राप्तीको यात्रामा नेपाली कांग्रेस’ बिषयक बिचार गोष्ठिमा बोल्दै कोइरालाले अब हुने आम चुनावमा पार्टीले स्पष्ट एजेण्डा लिएर जनतासँग जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारको गलत क्रियाकलापका कारण हामीले चुनाव त जितौंला तर कांग्रेसले जनताका आवश्यकताका आधारमा आफ्ना एजेण्डा लिएर जनतामा जानुपर्छ ।’

विचारको बिषयमा बहस गर्ने क्रममा गुट उपगुट हुन सक्ने भन्दै उनले पदको बाँडफाँडका लागि गुट उपगुट स्वीकार्य नहुने बताए ।

मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको भन्दै उनले गणतन्त्र र लोकतन्त्रमाथि खतरा छ भने त्यो वर्तमान सरकारबाटै रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?