Comments Add Comment

काभ्रेमा टिपर दुर्घटना, चालकको मृत्यु

१६ कात्तिक, काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग खण्डको पात्लेखेतमा शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको छ । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment