+

बार्सिलोनाको पोष्टमा लेभान्टेको तीन गोल !

२०७६ कात्तिक  १७ गते ७:३७ २०७६ कात्तिक १७ गते ७:३७
बार्सिलोनाको पोष्टमा लेभान्टेको तीन गोल !

१७ कात्तिक, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाँदै हार बेहोरेको हो ।

खेलको ३८ आंै मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा तीन गोल खान पुग्यो ।

जोस कम्पानाले खेलको ६१ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । ६३ औं मिनेटमा बेरजा मेयराल र निमन्जा राडोजाले ६८ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई ३–१ गेलको जित दिलाए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय