+
+
Shares

कहिले हो तुलसी विवाह ? जानौं पूजाको विधि, लाभ तथा मन्त्र

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते ७:१२

यो वर्ष हिन्दु क्यालेन्डर अनुसार कार्तिक शुक्ल पक्षको एकादशी तिथिका दिन तुलसी विवाह गरिन्छ । यो वर्ष तुलसी विवाह आगामी कात्तिक २२ गते शुक्रवार परेको छ । उक्त दिनलाई हरिवोधनी एकादशी समेत भनिन्छ ।

उक्त दिन तुलसीको भगवान शालिग्रामसंग विधिपूर्वक विवाह गरिन्छ । कात्र्तिक शुक्ल एकाशदीका दिन तुलसीको विवाह किन गरिन्छ, यसको सन्दर्भमा एक पौराणिक कथा समेत छ, जसमा वृन्दा नाम गरेकी पतिव्रता स्त्रीलाई भगवान विष्णुसंग शालिग्राम (ढुंगा) स्वरुपमा विवाह गर्ने वरदान प्राप्त भएको थियो । विवाहका लागि के शर्त राखिएको थियो भने वृन्दाले तुलसीको स्वरुप लिने छिन् । वरदान अनुसार, त्यसपछि तुलसी र शालिग्रामको विवाह भएको थियो ।

तुलसी विवाहको महत्व

कात्तिक शुल्क एकादशीलाई हरिवोधनी एकादशीको नामले पनि चिनिन्छ । उक्त दिन भगवान विष्णु योग निद्राबाट बाहिर आउँछन् । उनीसंगै सबै देवताहरुले पनि योग निद्रा त्याग गरिदिन्छन् । उक्त दिन भगवान विष्णुको पूजा गरिन्छ । त्यसपछि भगवान शालिग्रँम तथा तुलसीको विवाह गरिन्छ । त्यही दिनदेखि नै विवाह, मुण्डन, व्रतबन्ध जस्ता मांगलिक कार्यहरुको समेत थालनी हुन्छ ।

तुलसी विवाहको फाइदा

एकादशीको दिन तुलसी तथा भगवान शालिग्रामको विधिपूर्वक पूजा गराउनाले वैवाहिक जीवनमा आइरहेका समस्याहरु अन्त्य हुने धार्मिक विश्वास छ । जो व्यक्तिहरुको विवाह भएको हु“दैन, ती व्यक्तिहरुको विवाह हुने निश्चित हुन्छ । यति मात्र होइन, तुलसी विवाह गराउनाले कन्यादान जस्तो पूण्य समेत प्राप्त हुन्छ ।

तुलसी विवाहको विधि

एकादशीको सा“झ तुलसीको विरुवाको गमलालाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र (चुनरी) ओढाउनु पर्छ । गमलालाई साडीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ ।

त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ । त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ र भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमना गराउनु पर्छ र आरती पश्चात विवाहोत्सव पूर्ण करें । तुलसी विवाहमा हिन्दू विवाह जस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगल गीत पनि गाइन्छ । श्रीहरि विष्णुलाई एक लात्र पुलसी पत्र समर्पित गर्नाले वैकुढठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?