
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले पौडेलको नाममा सहमति जुटाएको हो । यसअघि कास्की २ मा धनराज गुरुङलाई टिकट दिने भनिएको थियो । तर आफ्नो नाममा सहमति नजुटेपछि गुरुङले बुधबार विहान उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।
यस्तै प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को कमा कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख)मा जीप शेरचन र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) केशव आचार्यको छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4