+

रियल मड्रिडका ‘नयाँ नेयमार’

२०७६ कात्तिक  २१ गते १२:०६ २०७६ कात्तिक २१ गते १२:०६
रियल मड्रिडका ‘नयाँ नेयमार’

२१ कात्तिक, काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिडले ब्राजिलियन स्टार नेयमारमाथि आँखा लगाएको धेरै भयो । तर यो सिजन पनि उसले क्लबमा भित्र्याउन सकेन ।

बुधबार च्याम्पियन्स लिगमा गालाटोसरेविरुद्ध खेल्दा रियलका समर्थकहरुले नेयमारलाई बिर्सिएका छन् । १८ वर्षीय फर्वाड रोड्रिगोलाई नयाँ नेयमारका रुपमा देखे ।

चौथो मिनेट !

रोड्रिगो च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छो ब्राजिलियन फुटबलर बने ।

सातौं मिनेट !

च्याम्पियन्स लिगकै इतिहासमा एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने ।

तर ९० मिनेटको अन्त्यपछि उनी प्रतियोगितामा हृयाट्रिक गर्ने दोस्रो कान्छो खेलाडी बन्न सफल भए । उसो त उनले १४ औं मिनेटमा नै हृयाट्रिक पुरा गर्न सक्थे । तर रियलले पाएको पेनाल्टी हान्न कप्तान सर्जिओ रामोस आफैं अगाडि सरे ।

पहिलो हाफको इन्जुरी टाइममा करिम बेन्जिमालाई गोल पास दिएका उनले इन्जुरी टाइममा हृयाट्रिक पूरा गरे । च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा हृयाट्रिक गर्ने उनी रियलका लेजेन्ड राहुलपछि दोस्रो फुटबलर हुन् । ‘बेर्नाबाउमा मेरो नाम लिइरहेको सुन्दा मेरो सपना पूरा भयो,’ उनले भने, ‘म एकदमै खुसी छु । यो रमाइलो रात हो तर म प्रयास गर्छु कि शान्त रहुँ ।’

‘नयाँ नेयमारको उपमा’

हुन त उनलाई यसअघि नै ‘नयाँ नेयमार’ भन्न थालिएको थियो । किनकी पेरिस सेन्ट जर्मेनका फवार्ड नेयमारको बाटो पछ्याउँदै ब्राजिलियन क्लब सान्तोषबाट स्पेन आएका थिए । उचाई पनि नेयमारको समान ५ फिट ९ इन्च छ ।

रोड्रिगोले सन् २०१७ मा १६ वर्षको उमेरमा सान्तोषबाट व्यवसायिक फुटबल खेल्न थालेका थिए । तर रियल मड्रिड नआउँदासम्म दक्षिण अमेरिका बाहेक अन्यन्त्र उनका विषय कमै मानिस जानकार थिए । रियल आएपछि ‘नयाँ नेयमार’का रुपमा हेर्न थालियो । रियलमा उनले ६ खेलमा पाँच गोल गरेका थिए ।

तर उनी भने त्यसलाई मान्न तयार छैनन् । उनले भन्ने गरेका छन्, एउटा मात्र नेयमार छन्, अर्को छैन ।’

उनले अघि भने ‘म रियल मड्रिडको रोड्रिगो हुन चाहन्छु ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय