Comments Add Comment

क्रिस्टल प्यालेसमाथि चेल्सीको जित

२४ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि सहज जित निकालेको हो । चेल्सीको जितमा टमी अब्राहम र क्रिष्टियन पुलिसिकले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५२ औं मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको चेल्सीले खेलको ७९ औं मिनेटमा पुलिसिकको गोलबाट २–० को जित निकालेको हो ।

जितसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १२ खेलबाट २६ अंक रहेको छ । समान अंक रहेको लेष्टर सिटी भने गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । लिभरपुल भने ३१ अंक बनाएर लिगको शीर्ष स्थानमा छ ।

शनिबार राति नै भएको अन्य खेलमा टोटनह्याम सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बर्नेलीले वेष्ट ह्यामलाई ३–० गोलअन्तरले पराजित गर्दा एभर्टनले साउथह्याम्पटनलाई २–१ र न्युक्यास्टलले बर्नेमाउथलाई २–१ गोलअन्तरले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment