+
+

रौतहटको मठियामा विष्फोट, प्रहरी जवान घाइते

एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १४:२२

२६ कात्तिक, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।

घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनी सेन्ट्री पोस्टमा थिए ।

पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् ।

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘चौकी सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएको छ । थप विवरण लिने प्रयास गरिरहेका छौं ।’

घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनाइएको छ । प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?