
२७ कात्तिक, काठमाडौं । डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्कीले आफू पीडित भनिएकी युवतीका प्रेमी हुँ भनेका थिए ।
तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो । अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ ।
उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए । किनकी, घटना भएका वेला मुलुकी अपराध संहिता लागू भइसकेको थियो ।
प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो ।
उनीहरूमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4