Comments Add Comment

सारीमा छुल्ठिम

चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेपछि ‘डल्ली’ उपनामले परिचित छुल्ठिम गुरुङलाई त्यसपछि केही चलचित्रबाट अफर आए । उनी, आफैले अभिनय तथा निर्माण गरेको चलचित्र ‘डायरी’ बक्स अफिसमा चम्किएन । यसपछि, उनले केही चलचित्रमा काम त गरिन् । तर, ती चलचित्रले बक्स अफिसमा खासै चमत्कार गर्न सकेनन् ।

छुल्ठिम चाडै नै आफ्नै ब्यानरको चलचित्रमा काम गर्ने तयारीमा छिन् । तर, उनले यो बिषयमा केही पनि बताएकी छैनन् । केही दिन अगाडि विरगञ्जमा भेटिएकी गुरुङ सारीमा सजिएकी थिइन् । उनले भनिन्–‘चलचित्रको प्रिमियर, प्रेस मिटमा पो हो बोल्ड ड्रेस लगाउने । यस्तो सार्वजनिक कार्यक्रममा सारीमा सजिन रमाइलो लाग्छ ।’

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment