Comments Add Comment

१३ औं सागमा ७ सय भन्दा खेलाडी

पुरुषभन्दा महिला बढी

६ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेलमा ७ सय खेलाडी सहभागी हुने भएका छन् ।

पोखरामा हुने तय भएका भारोत्तोलन, महिला र क्रिकेट, ह्यान्डबल, बिच भलिबल, ट्रायथोलन, आर्चरी र ब्याडमिन्टन छन् । १३ औं साग प्राविधिक समितिका अनुसार पोखरामा हुने खेलका लागि ४ सय १ जना महिला र ३ सय ६ जना पुरुष खेलाडी सहभागी हुनेछन् ।

‘पोखरामा ८ हुने खेलमध्ये त्रिकेट र फुटबल महिलाकोमात्रै सञ्चालन हुने भएकाले पनि महिला संख्या बढी भएको हो,’ समिति सचिव बलराम लामाले भने ।

मंसिर १५ गते सुरु हुने १३ औं साग पोखरा, काठमाडौं र जनकपुरमा हुने तय छ । प्याराग्लाइडिङबाहेक पोखरामा हुने ८ वटा खेलमै भाग लिने राष्ट्रमा श्रीलंका र नेपालमात्रै छन् । खेलका लागि श्रीलंकाबाट खेलाडीसहित १ सय ७५ जनाको टोली पोखरा आउने लामाले जानकारी दिए ।

१३ औं साग खेलमा भारतले आर्चरी र महिला क्रिकेटमा सहभागी नहुने जनाएको छ । बंगलादेशले महिला फुटबल र ट्रायथोलनमा भाग नलिने भएको छ । पाकिस्तानले महिला क्रिकेट र फुटबल दुवैमा भाग नलिने बताइसकेको छ ।

माल्दिभ्सले आर्चरी र ट्रायथोलनमा भाग लिने छैन । साग खेलका लागि भुटानले सबैभन्दा बढी ३ खेलमा भाग लिने छैन । प्राविधिक समिति पोखराका सचिव बलराम लामाले भने, ‘भुटान भारोत्तोलन, फुटबल, बिच भलिबल र ट्रायथोलन सहभागी नहुने भएको छ ।’

नेपालका खेलाडी बढी, भुटानका कम

सागमा नेपालबाट सबैभन्दा बढी खेलाडी सहभागी हुने भएका छन् । ८ खेलमा नेपालबाट १ सय ८४ खेलाडी सहभागी हुने तय भएको छ ।

प्रतियोगितामा सबैभन्दा कम भुटानबाट ५ खेलमा ३५ खेलाडी सहभागी हुनेछन् । भुटानले ह्याण्डबल,महिला फुटबल, विच भलिबल र ट्राइयाथोलनमा सहभागीता जनाएको छैन ।

कुन राष्ट्र कुन खेलमा सहभागी नहुने ?

भारत : आर्चरी र क्रिकेट
बंगलादेश : फुटबल र ट्रायथोलन
पाकिस्तान : क्रिकेट र फुटबल
माल्दिभ्स : आर्चरी र ट्रायथोलन
भुटान :  भारात्तोलन, फुटबल, बिच भलिबल र ट्रायथोलन

कुन राष्ट्रका कति प्रतिनिधि ?

नेपाल : ५२ पुरुष, १ सय २ महिला र ३० जना अफिसियल
भारत : ४१ जना पुरुष, ६१ जना महिला र २५ जना अफसियल
माल्दिभ्स : २६ पुरुष, ६१ महिला र २९ जना अफियल
बंगलादेश : ५९ पुरुष, ५५ महिला र ३६ जना अफिसियल
पाकिस्तान : ३८ पुरुष, ३५ महिला र २१ अफिसियल
श्रीलंका : ६१ पुरुष, ८१ म्हिला, ३३ अफिसियल
भुटान : २९ पुरुष, ६ महिला र ७ अफिसियल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment