+

१३ औं साग : पुरुष क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

२०७६ मंसिर  ७ गते ८:२८ २०७६ मंसिर ७ गते ८:२८
१३ औं साग : पुरुष क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

७ मंसिर, काठमाडौं । १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ ।

सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ ।

पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् । सागमा भारत र पाकिस्तान सहभागी छैनन् ।

यस्तै पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागी छ । जसमा नेपालले पहिलो खेल २ डिसेम्बरमा माल्दिभ्सँग खेल्नेछ ।

महिलातर्फ पनि भारत र पाकिस्तानसँगै भुटान सहभागी छैन ।

महिला र पुरुष दुवैमा राउण्ड रोविनको खेलपछि पहिलो र दोस्रो हुनेबीच स्वर्ण पदकका लागि फाइनल खेल हुनेछ ।

सागमा दोस्रो पटक क्रिकेट समावेश भएको हो । सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा पुरुष र रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली घोषणा भएको छ । नेपालको महिला र पुरुष टोलीले घरेलु मैदानमा पदक जित्ने लक्ष्य राखेका छन् ।

१३ औं साग १५-२४ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय