+

इन्टरमिलानका प्रशिक्षकले खेलाडीलाई दिए ‘बेडरुम’ टिप्स

२०७६ मंसिर  ८ गते १८:२७ २०७६ मंसिर ८ गते १८:२७
इन्टरमिलानका प्रशिक्षकले खेलाडीलाई दिए ‘बेडरुम’ टिप्स

८ मंसिर, काठमाडौं । इटालियन क्लब इन्टरमिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्ना खेलाडीहरुलाई रोचक ‘बेडरुम टिप्स’ दिएका छन् । आफ्नो पार्टनरसँग सेक्सको समय लगभग छोट्याउन र कमभन्दा कम उर्जा खतप गर्न उनको सुझाव छ ।

एक अन्तर्वार्तामा कोन्टेले भने, ‘आफ्नो पार्टनरसँग सम्वन्ध राख्दा खेलाडीहरुले धेरै जोड लगाउनु हुँदैन र फुटबलका लागि उर्जा सञ्चय गर्नुपर्छ । उनीहरुको सेक्स अवधि छोटो हुनुपर्छ र यस्तो पोजिसन प्रयोग गरुन् जसमा उनीहरुको भन्दा पार्टनरको बढि मिहिनेत परोस ।’

साथै उनले आफ्नो यौनसम्वन्ध श्रीमतीसँग मात्रै सिमित राख्न पनि भनेका छन् ताकि सेक्स गर्दा ‘अतिरिक्त कार्यसम्पादन’ आवश्यक नपरोस ।

प्रशिक्षकको यस्तो टिप्पणी खेलाडीहरुबीच चर्चाको विषय बनिरहेको छ । इन्टरका स्ट्राइकर लाउटारो मार्टिनेजले प्रशिक्षकको अन्तरवार्ता पढेर आफू हाँसेको बताए तर फुटबलबाहेकका क्रियाकलापमा खेलाडीले बढि जोड लगाउनु नहुने कुरामा सहमति जनाए ।

उनले भने, ‘हामी निरन्तर आफ्नो अभ्यासमा पसिना बगाइरहेका हुन्छौं । त्यसैले घरमा हामीलाई अलिकति आराम चाहिन्छ । उहाँले यस्तै भन्न खोज्नुभएको होला ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय