+

टी–१० लिगको उपाधि मराठा अरेबियन्सलाई

२०७६ मंसिर  ९ गते ९:१३ २०७६ मंसिर ९ गते ९:१३
टी–१० लिगको उपाधि मराठा अरेबियन्सलाई

९ मंसिर, काठमाडौं । युएईमा सम्पन्न तेस्रो संस्करणको टी–१० लिगको उपाधि ड्वाने ब्राभोको कप्तानीमा रहेको मराठा अरेबियन्सले जितेको छ ।

आइतबार राति भएको फाइनलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै मराठाले जित दर्ता गराएको हो ।

अबुधाबीमा भएको खेलमा ग्लाडियटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७.२ ओभर खेल्दै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।अरेबियन्सको जितमा चाड्विक वाल्टनले अर्धशतकीय पारी खेले। उनले नटआउट ५१ रन बनाए।

त्यस्तै, क्रिस लिनले १६ रन बनाए भने नजिबुल्लाह जद्रान १२ रनमा नटआउट रहे।

ग्लाडियटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडियटर्सले निर्धारित १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो । उसका आसिफ खानले नटआउट २५ तथा भानुका राजपाक्षले २३ रन बनाए। बलिङमा अरेबियन्सका ड्वाने ब्राभोले २ विकेट लिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय