Comments Add Comment

अस्पताल पुगेर देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी

११ मंसिर, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । ‘उहाँले डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेट्नुभयो र स्वास्थ्य अवस्थाबारे चासो राख्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

सेन्टरको सघन उपचार कक्षमा रहेका प्रधानमन्त्रीसँग भने उनको भेट हुन पाएन । प्रधानमन्त्रीलाई चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिइएको छैन ।

प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रेस सल्लाहकार थापाकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ । ‘आज आधा घन्टा कुर्सीमा बस्नुभयो र कालो चिया खानुभयो,’ थापाले भने, ‘उहाँको स्वास्थ्यमा गुणात्मक सुधार भएको छ ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment