+

लिभरपुल र चेल्सीले नकआउट चरणमा पुग्न अझै कुर्नुपर्ने

२०७६ मंसिर  १२ गते ८:११ २०७६ मंसिर १२ गते ८:११
लिभरपुल र चेल्सीले नकआउट चरणमा पुग्न अझै कुर्नुपर्ने

१२ मंसिर, काठमाडौं । साविक विजेता लिभरपलसँगै अर्को इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने समह् चरणको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

गएराति भएको खेलमा लिभरपुल नापोलीसँग बराबरीमा रोकिएको थियो । त्यस्तै, चेल्सी पनि आफ्नो समूहमा भ्यालेन्सियासँग बराबरीमा रोकियो ।

समूह ‘इ’अन्तर्गत घरेलु मैदानमा लिभरपुलले नापोलीसँग १-१ को बराबरी खेलेको हो । ड्राइ मर्टेन्सले पहिलो गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । लिभरपुलका लागि डेजान लोभरेनले बराबरी गोल फर्काए । साविक विजेतासमेत रहेको लिभरपुललाई अन्तिम १६ मा स्थान बनाउन अब समूहको अन्तिम खेलमा साल्जवर्गविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ । ५ खेलबाट लिभरपुलको १० अंक छ भने नापोलीको ९ अंक छ ।

यस्तै जेन्कलाई ४–१ ले पराजित गरेको साल्जवर्गको ७ अंक छ । अन्तिम खेलमा साल्जवर्गले लिभरपुल र नापोलीले जेन्कसँग खेल्नेछ । जेन्क बाहिरिसकेको छ भने बाँकी तीनवटै क्लबको नकआउट पुग्ने सम्भावना कायम छ ।

उता, समूह ‘एच’अन्तर्गतको खेलमा चेल्सीले भ्यालेन्सियासँग २–२ को बराबरी खेलेको छ । यही समूहको अर्को खेलमा फ्रेन्च क्लब लिलेलाई २–० ले पराजित गर्दै डच क्लब अयाक्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । अयाक्सको ५ खेलबाट १० अंक छ भने चेल्सी र भ्यालेन्सियाको समान ८ अंक छ । अब समूहको अन्तिम खेलमा अयाक्सले भ्याल्सिया तथा चेल्सीले लिलेसँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०