Comments Add Comment

रेड वाइन पिउनु स्वास्थ्यको लागि लाभदायक हुनसक्छ ?

मदिराका कारण विश्वभरीमा हरेक वर्ष दशौं लाख मानिसहरुले मृत्युवरण गरिरहेका छन् । त्यही पनि मानिसहरुले हजारौं वर्षदेखि मदिरा पिउँदै आइरहेका छन् ।

पछिल्ला केही दशकहरुमा वाइनले एउटा प्रतिष्ठा हाँसिल गरेको छ । त्यो के हो भने यो पेय पदार्थ स्वास्थका लागि असाध्यै राम्रो छ । खासगरी रेड वाइन । यसको सम्बन्ध लामो उमेर तथा मुटुको रोगको जोखिमलाई कम गर्नका लागि उपयुक्त मान्न थालिएको छ ।

तर, के वास्तवमै वाइन हाम्रो स्वास्थको लागि लाभदायक छ त ? अथवा, योभन्दा पनि पहिला सवाल के उठ्छ भने हाम्रो लागि राम्रो कुरा के हो ? जब कुरा वाइनको आउँछ । अधिकांश व्यक्तिहरु राम्रोको अर्थ मुटुको फाइदासँग जोड्छन् ।

यद्यपि, अधिकांश मानिसहरुलाई के कुरा थाहा छैन भने क्यान्सर र मदिराबीच गहिरो सम्बन्ध हुन्छ । उक्त सम्बन्धको पुष्टि थुप्रै अनुसन्धानहरुले गरिसकेका छन् । हरेक हप्ता एक बोतल वाइन पिउनु भनेको धूम्रपान नगर्ने पुरुष तथा महिलालाई समेत क्यान्सरको नजिक पुर्‍याउनु जस्तै हो । अर्थात, एक बोटल वाइनले पुर्‍याउने हानि पुरुषहरुले पाँच वटा चुरोट पिउने तथा महिलाहरुको दश वटा चुरोट पिउनाले हुने हानि बराबर छ ।

बेलायतको वेल्सस्थित पब्लिक हेल्थ विभागका नीति-निर्देशक मार्क बेलिस भन्छन्-‘धुम्रपान तथा क्यान्सरका बीचको सम्बन्धलाई अति नै प्रचारित गरिएको छ । तर, मदिरा तथा क्यान्सरको सम्बन्धलाई त्यसरी प्रचार गरिएको छैन । किनभने यसको जिम्मेवारी मदिरा उद्योगमाथि थोपरिएको छ । ती उद्योगहरुले आफ्ना उत्पादनहरु कम बिक्री होस् भन्ने कहिले चाहँदैनन् ।’

यो पनि पढ्नुहोस एउटा सेफको कथा, जो देशभर रैथाने खाना खोज्न हिँडे

वाइनलाई कसले स्वस्थकर भन्यो ?

वाइन पिउनु स्वास्थको लागि लाभदायक छ । यो भनाइ सन् १९७० को दशकको हो । त्यो बेला वैज्ञानिहरुहरुले के पत्ता लगाएका थिए भने अन्य देशको तुलनामा फ्रान्सका मानिसहरुलाई मुटुको रोग कम लाग्छ । जबकी फ्रान्सका बासिन्दाहरु अन्य देशका मानिसहरुभन्दा बढी सेचुरेटेड फ्याट खान्छन् ।

वैज्ञानिकहरुले फ्रान्सका मानिसहरुलाई मुटुको समस्या कम हुुनुको सोझो सम्बन्ध वाइन पिउने बानीसँग सम्बन्धित थियो ।

यसलाई वैज्ञानिकहरुले फ्रान्सेली विरोधाभासको संज्ञा दिएका थिए । यो त्यस्तो बहस थियो । जसलाई वैज्ञानिकहरुले आजका मितिसम्म सुल्झाउन सकेका छैनन् । यद्यपि फ्रान्सेली विरोधाभासले यति प्रचार पायो कि अहिले विश्वभरी नै के कुरा स्थापित भएको छ भने थोरै वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यसबाट वजन बढ्ने समस्याका साथै मुटुको बिमारी तथा उच्च रक्तचापको समस्याका साथ-साथै मधुमेहमा समेत नियन्त्रण पाउन सहयोग मिल्नेछ भन्ने कुराको समेत प्रचार भयो । इन्टरनेशनल साइन्टिफिक फोरम अन अल्कोहल रिसर्चका सह-निर्देशक हेलेना कोनिबियर भन्छिन्-‘थोरैै-थोरै मात्रामा वाइन पिउनाले स्वास्थ राम्रो हुने, उमेरसँगै स्मरणशक्तिमा कमि हुने समस्याको निवारण जस्ता फाइदाहरु हाम्रो सामुन्ने आउँछन् । त्यसपछि यस्ता नतिजाहरुसम्म पुग्ने एक हजारभन्दा बढी रिसर्च पेपरहरु प्रकाशित भइसकेका छन् ।’

यसैको नतिजा के भयो भने लामो समयदेखि मानिसहरुको बीचमा के कुरा स्थापित भयो भने मदिरासँग दुरी बनाउनु यसलाई पिउनुको तुलनामा बढी हानिकारक कदम हुनेछ । थोरै मात्रामा मदिरा स्वास्थका लागि फाइदाजनक हुन्छ । तर, अहिले आएर यो तर्कको आलोचना तीब्र रुपले बढ्न थालेको छ ।

यो विचारका विरोधीहरु के मान्छन् भने मदिराले स्वास्थलाई फाइदा पुर्‍याउने कुरासँग सम्बन्धित आँकडाहरु नै गलत छन् । सबैभन्दा गलत दाबी के छ भने मदिराबाट टाढा रहने व्यक्तिहरु बिमारी पर्छन् ।

सन् २००६ मा मदिराको हानि तथा फाइदाका सम्बन्धमा गरिएका ५४ वटा रिसर्चहरुले केही निष्कर्ष निकालेको छ । निष्कर्ष के थियो भने थोरै-थोरै मदिरा पिउनु र मुटुको रोग लाग्ने सम्भावना कम हुनुबीच कुनै पनि सम्बन्ध छैन ।

हेलेना कोनिबियर भन्छिन्-‘पछिल्ला पाँच वर्षहरुमा हामीले के देखेका छौं भने वाइन पिउने व्यक्तिहरुको मुटु त राम्रो हुन्छ नै । उनीहरु धेरै पढे-लेखेका हुन्छन् र उनीहरुको दैनिकी पनि दिनभरी बसिरहने जस्तो पनि हुँदैन ।’

यसै वर्ष चीनमा छ लाख वयष्कहरुमाथि गरिएको एउटा रिसर्चको नतिजा सार्वजनिक भयो । उक्त रिसर्च पछिल्लो दश वर्षदेखि चलिरहेको थियो । चीनका मानिसहरुका दुई जिनहरु त्यस्ता हुन्छन् । जसले उनीहरुको मदिरा पिउने लतलाई प्रभावित गर्छ । रमाइलो कुरा के छ भने यसको ती व्यक्तिहरुको स्वास्थ खराब हुने कुरासँग कुनै सम्बन्ध छैन ।

अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने जसको स्वास्थ ठिकै हुन्छ, उनीहरु आफ्नो इच्छा अनुसार मदिरा पिउन सक्छन् । तर, जसको पाचन प्रणालीले राम्ररी काम गर्न सकेको छैन, उनीहरुलाई मदिराले हानि पुर्‍याउन सक्छ ।

उक्त रिसर्चमा मदिरा तथा मुटुको बिमारीकाबीच सोझो सम्बन्ध सार्वजनिक भयो । बरु, मदिरा पिउनाले ब्लड प्रेसर बढ्छ । तर, यसले मुटुको रोग लाग्ने सम्भावना भने कमै हुन्छ । त्यसो त ती रिसर्चहरुमा मदिरालाई अलग राखेर केवल वाइनका फाइदा तथा हानिहरुलाई अनुसन्धान गरिएको थिएन । त्यसैले के कुरा दाबी गर्न सकिँदैन भने वाइन पिउनाले फाइदा नै हुन्छ ।

यो पनि पढ्नुहोस एक कप चिया : भलाकुसारीदेखि भाइचारासम्म

रेड वाइन

वाइनलाई सामान्यतया किनपनि स्वस्थ्यवर्द्धक मानिन्छ भने यसमा पोलिफिनोल नाम भएको केमिकल हुन्छ । त्यसकारणले शरीरमा जलन पनि कम हुन्छ । रेड वाइनमा पोलिफिनोल ह्वाइट वाइनको तुलनामा दश गुण बढी हुन्छ ।

इटलीका वैज्ञानिक अल्बर्टो बर्टेलीले रेड वाइनको थोरै मात्रा सेवन गर्नाले मानिसहरुलाई मुटुको रोग लाग्न नसक्ने पत्ता लगाएका थिए । त्यसको ठूलो कारण पोलिफिनोल हुनुलाई पनि मानिएको छ । जसले शरीरमा कम जलन गराउँछ । बर्टेलीले मानिसहरुलाई हरेक दिन १६० मिलिलिटर वाइन पिउने सल्लाह दिन्छन् । त्यो पनि केवल खानाका साथमा ।

वाइनसँग सम्बन्धी अधिकांश रिसर्चहरु पोलिफिनोल रेसवेरा ट्रोलमा नै केन्दि्रत रहे । रेसवेराट्रोल अंगरको बोक्रा तथा त्यसको बियाँमा पाउन सकिन्छ । यसका बारेमा के भनिन्छ भने यसले हाई ब्लड प्रेसरबाट बचाउँछ । किनभने यसले धमनीहरुमा रगतलाई पातलो बनाउँछ ।

त्यसो त यो खुबी केवल रेड वाइनमा मात्र होइन, हृवाइट वाइनमा पनि पाउन सकिन्छ । त्यसो त सेतो अंगूमा रेसवेराट्रोल पाइँदैन । बर्टेलीका अनुसार वाइनमा पाइने थुप्रै केमिकलहरुले हामीलाई अल्जाइमर जस्ता बिमारीबाट पनि बचाउँछ ।

त्यसो त अधिकांश रिसर्चले के भन्छ भने रेड वाइन निकै फाइदाजनक हुन्छ । रेड वाइनले पेटको स्वास्थलाई पनि फाइदा पुर्‍याउँछ । यदि हाम्रो पेट ठिक रह्यो भने त्यसले अरु धेरै फाइदा दिन्छ । जस्तो हाम्रो इम्युनिटी अर्थात् रोगहरुसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । खाना सजिलै पच्छ, वजन पनि ठिक हुन्छ ।

वाइन पिउनाले हाम्रो पेटमा हुने ब्याक्टेरियामा विभिन्नता बढ्छ । अर्थात् आन्द्रामा हुर्कने ब्याक्टेरियामा थुप्रै प्रजातिहरु बढ्छन् । तर, जुन रिसर्चमा यो कुरा सामुन्ने आएको थियो, त्यस अनुसार त्यसो गर्नका लागि हप्तामा केवल एक गिलास रेड वाइन पिउनु पर्ने आवश्यकता पर्दछ । किनभने, उक्त रिसर्चमा त्यस्तै मानिसहरुलाई सहभागी गराइएको थियो ।

जो व्यक्ति सीमित मात्रामा वाइन पिउँछन् । उनीहरुको बीएमआई अर्थात् बडी मास इन्डेक्स पनि कम हुन्छ । शायद यही कारणले वाइन पिउनाले स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरालाई जोड दिइएको हुनुपर्छ ।

एक जना रिसर्चरको भनाइ छ-‘जो व्यक्ति रेड वाइन पिउँछन्, उनीहरु अत्यधिक व्यायाम गर्छन्, हिँडडुल गर्छन् । त्यसैले उनीहरु औषत् मानिसहरुभन्दा बढी स्वस्थ देखिन्छन् ।

पेटको राम्रो अवस्थाका बारेमा पनि यही कुरा भन्न सकिन्छ । रिसर्चबाट के स्पष्ट भएको छैन भने वाइन पिउनेहरुको पेट स्वस्थ रहन्छ । अथवा जसको पेट ठिक थियो, उनीहरुकै वाइन पिउने बानीका बारेमा अध्ययन गरिएको थियो ।

२०१६ मा गरिएको एउटा रिसर्चमा के पाइएको थियो भने जो व्यक्ति हरेक साँझ खानाका साथमा एक गिलास वाइन पिउँथे, छ महिनाको उक्त बानीपछि पनि उनीहरुको ब्लड प्रेसरमा खासै असर देखिएन ।

यो पनि पढ्नुहोस विश्वमा चियाको लत : युनानदेखि युरोपसम्मको संघर्षपूर्ण यात्रा

स्वास्थ्यवर्द्धक विकल्प

हुनसक्छ, वाइन पिउँदा स्वास्थ्य राम्रो हुन्छ । तर, अधिकांश जानकार के भन्छन् भने वाइनसँग दुरी बनाउनु नै सबैभन्दा स्वास्थ्यवर्द्धक हुनेछ । लण्डनको किङ्स कलेजकी केरोलिन लि रोय भन्छिन्-‘हामीलाई थाहा छ, मदिरा हाम्रो लागि हानिकारक छ । त्यही पनि यदि तपाईं पिउनुहुन्छ भने तपाईंले रेड वाइनलाई अनुमति दिनुपर्छ । किनभने यो मात्रै एउटा यस्तो मदिरा हो । जसको स्वस्थवर्द्धक गुण पनि पाइएका छन् । तर, यसको अर्थ के होइन भने म मानिसहरुलाई वाइन पिउने सल्लाह दिइरहेकी छु ।’

वाइनको रोगहरुसँग लड्ने क्षमता यसमा हुने रेसवेराट्रोलबाट आउँछ । विभिन्न कम्पनीहरुले यसको गोली बनाएर बेच्न समेत थालिसकेका छन् । त्यसो त बर्टेलीले यसको कुनै खास फाइदा छैन भनेर भनिसकेका छन् ।

मदिरापानका लागि बेलायतको गाइडलाइन सबैभन्दा कडा मानिन्छ । त्यसका अनुसार हरेक हप्ता १४ यूनिटभन्दा बढी मदिरा पिउनै हुँदैन । त्यसो त वाइन पिउनुका फाइदाहरु थपिने क्रम जारी छन् । तर, सबैभन्दा राम्रो विकल्प अहिले पनि यसलाई नपिउनुलाई नै मानिएको छ । र, जो व्यक्तिहरु मदिरापान गर्न चाहन्छन्, उनीहरुका लागि रेड वाइन सबैभन्दा राम्रो विकल्प भने हो नै ।

तर, रेड वाइन पिउने बेलामा के कुरामा ध्यान दिनुपर्छ भने तपाईंले यसलाई स्वास्थ्यका लागि पिउनु भएको होइन । बरु त्यसकारण पिउँदै हुनुहुन्छ किनभने तपाईंलाई मदिरा पिउने बानी छ । यदि तपाईंलाई आफ्नो स्वास्थ राम्रो बनाउनका लागि केही गर्नै छ भने मदिरापान बाहेक अन्य धेरै स्वास्थवर्द्धक विकल्पहरु हामीसँगै छन् । जस्तो कि धेरै फलफूल अथवा सागसब्जीहरुको सेवन । नियमित रुपले गरिने व्यायाम । आज पनि राम्रो स्वास्थका लागि यही उपायहरु अपनाइरहिन्छ । रेड वाइन नै पिउनु यी सबैको विकल्प होइन ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment