Comments Add Comment

सिड्नीमा खुलेकी खुश्वु

सिड्नीको हावापानी नै यस्तै हो कि, नेपाली नायिका त्यहाँ पुगेपछि खुल्छन् ? केही समय अगाडि सिड्नी पुग्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको टू पिस पहिरनले सामाजिक संजालमा चर्चा पायो । सिड्नी पुगेपछि हट बन्ने नायिकाहरुको सूची लामो छ ।

अब, यो सूचीमा नायिका खुश्वु खड्का पनि परेकी छिन् । खुश्वु चलचित्र क्षेत्रमा चल्न सकेकी छैनन् । पछिल्लो चलचित्र ‘रातो टिका निधारमा’बाट पनि उनी नोटिस भइनन् । चलचित्र क्षेत्रमा उनको चर्चा सुनसान नै छ । तर, उनै खुश्वु यतिबेला सिड्नी पुगेर गर्मीलो बनेकी छिन् ।

उनी, आफैले सामाजिक संजालमा शेयर गरेको तस्वीरले पनि उनी सिड्नीमा विन्दास बनेको देख्न सकिन्छ । चलचित्रबाट चर्चा नपाएपनि सिड्नीमा गर्मीलो बनेरै भएपनि खुश्वु चर्चा पाउने मेसो कस्दै छिन् । तपाइलाई भने, खुश्वुको यो अवतार कस्तो लाग्यो कुन्नी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment