Comments Add Comment

तेक्वान्दोको पुम्सेमा पार्वतीले जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से महिलामा नेपालले अर्को स्वर्ण जितेको छ ।

२३ वर्षमाथि २९ वर्षमुनिमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन् ।

भारतकी खेलाडीले भने ८.०३० अंकका सात काश्य पदकमा चित्त बुझाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment