Comments Add Comment

जाडोमा बालबच्चाको हेरचाह

जाडो मौसममा चिसो हावा चल्न थाल्छ । त्यस क्रममा बालबालिकाको छालाको कोमल छालालाई विशेष ध्यान दिनु आवश्यक छ । वास्तवमा बालबालिकाको छाला वयस्क व्यक्तिको छाला भन्दा ६ गुणा बढी नाजुक हुन्छ । सही हेरचाहले उनीहरुमा रेडनेस र र्‍यासेस हुने सम्भावना हुँदैन । यसबाहेक जाडो मौसममा सुख्खा छालाको लागि अतिरिक्त पोषणको आवश्यक पर्छ । किनभने बालबालिकाको छाला वयस्कको छालाभन्दा पातलो हुन्छ । त्यस्तो अवस्थामा चिसो हावा र चिसोले छाला नष्ट हुन थाल्छ ।

बाहिरको चिसो र घर भित्रको तातोले छाला सुख्खा हुने  र यसमा र्‍यासेस हुने सम्भावना धेरै हुन्छ । त्यस बाहेक जुन बालबालिकालाई छाला सुख्खा किसिमको हुन्छ । उनीहरुका लागि यो मौसम झनै घातक हुन्छ ।

बालबालिकाको छालामा चिसोको प्रभाव

-रेड, रफ र स्केली गाला

-गाला, नारीको छाला सुख्खा हुनु र पत्र पर्नु

-फुटेको ओठ

-एक्जिमा हुनु

-हिट रेस

कसरी गर्ने हेरचाह ?

जाडो मौसममा बालबालिकाको छालाप्रति थोरै बेवास्ता मात्र गर्दा पनि घातकसिद्ध हुनसक्छ । त्यसैले प्रस्तुत छ केही जानकारीहरु :

-बालबालिकाहरुको सुख्खा र खस्रो भएको छालामा मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नुपर्छ । त्यो क्रिममा डाइमेथिकोन, सिरामाइडस, लिकोरिस भिटामिन-ई आदि हुनु आवश्यक छ । ती तत्वहरुले बालबालिकाको छालालाई नरम बनाइराख्छ । सुगन्ध र रंग मुक्त उत्पादन, जसमा पीएच सन्तुलन भएको क्रिमको छनोट गर्नुपर्छ ।

-जब बालबालिका अलिक ठूलो हुन थाल्छन् । उनीहरुको छालामा सेतो दाग देखिन थाल्छ । त्यस्तो अवस्थामा मोइस्चराइजरको प्रयोग गर्नाले सेतो दाग हट्छ । १८ महिनापछि बालबालिकालाई जाडो मौसममा पनि सनस्किन लगाउनु उपयुक्त हुन्छ ।

-ओठ फुट्नु सामान्य समस्या हो । ६ वर्षभन्दा कम उमेरका बालबालिकाको ओठ धेरै फुट्न थाल्छ । यसको लागि भ्यासलिनको प्रयोग उपयुक्त हुन्छ ।

-जाडोमा लामो समयमसम्म ऊनीका कपडा लगाउनाले हिट रेसको सम्भावना धेरै हुन्छ । त्यसका लागि बालबालिकाको छालाको नियमित जाँच गराई रहनुपर्छ । हिट रेस हुँदा हल्का र नरम लुगा लगाउनुपर्छ ।

-जाडोमा बालबालिकाको डाइपर छिट्टो छिट्टो बदल्नु पर्छ र डाइप एरियालाई राम्रोसँग सफा गर्नुपर्छ । किनभने भिजेको डाइपरले इन्फेक्सन र र्‍यासेस हुने खतरा हुन्छ । बालबालिकाको छाला सधै हल्का हातले सफा गर्नुपर्छ ।

-चिसो मौसममा नुहाउने अवधि कम गर्नुपर्छ । नुहाएपछि ६ मिनेट उसलाई मोइस्चराइज गरेर लुगा लगाइदिनुपर्छ । मनतातो पानीले नुहाइदिनुपर्छ । साबुन फ्रि क्लीन्जर्सको प्रयोग गर्नुपर्छ । जसले छालालाई नरम बनाउँछ ।

-यदि बालबालिकालाई एक्जिमा भयो भने छालारोग विशेषज्ञबाट सल्लाह लिनुपर्छ । जसले समयमा नै उनीहरुको सही उपचार हुन्छ ।

घरेलु तरिका

-नरिवलको तेल छालाको लागि धेरै राम्रो हुन्छ । बालबालिकालाई नुहाइदिएपछि उक्त तेल लगाइदिनु पर्छ अथवा नुहाउनु भन्दा एक घण्टा पहिला पनि लगाउन सकिन्छ ।

-नरिवलको तेलले बालबालिकाहरुको छालाको नरमपनालाई रक्षा गर्दछ र छालालाई मुलायम बनाइराख्छ ।

-सुख्खा तथा फुटेको ओठ तथा गालामा घरमै बनाइएको शुद्ध घिउ लगाउन सकिन्छ । यो घरेलु उपाय छालाका लागि सुरक्षित तथा राम्रो हुन्छ । जुन जाडो मौसममा त अति नै लाभदायक हुन्छ ।

-दुई ठूलो चम्चा ओट्सलाई पिसेर एउटा बाल्टीमा भिजाउने । त्यसपछि त्यसमा थोरै ओलिभ ओयल मिसाएर बच्चालाई त्यही पानीले नुहाइदिने ।

भनिन्छ, घरेलु उपायहरु राम्रा हुन्छन् । यद्यपि कुनै पनि प्रकारका र्‍यासेस अथवा रातोपना देखियो भने तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment