Comments Add Comment

महोत्तरीबाट चार दिनमा तीन पेस्तोल बरामद, एक जना पक्राउ

फाइल फोटो ।

२३ मंसीर, जनकपुरधाम । महोत्तरीबाट चार दिनभित्र तीन वटा पेस्तोल बरामद भएको छ । एक व्यक्तिको साथबाट दुई थान पेस्तोल फेला परेको छ भने एउटा पेस्तोल बेवारिसे अवस्थामा फेला परेको छ ।

महोत्तरी प्रहरीले जिल्लाको औरही खोला नजिकबाट दुई थान पेस्तोल र गोलीसहित सोमबार एक जनालाई पक्रेको छ । गौशाला नगरपालिका ६ कुलकाहा निवासी ३२ बर्षीय राकेश कुमार यादवको साथबाट ती पेस्तोल बरामद भएको प्रहरीको भनाई छ ।

यादवको साथबाट इन्डियन पेस्तोल १ थान, म्यागजिन १ थान, लोड रहेको गोली चार राउण्ड र नलकटुवा पेस्तोल एक थान बरामद गरिएको छ ।

यसअघि शुक्रबार बिहान सशस्त्र प्रहरीको टोलीले सदरमुकाम जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको थियो ।

जलेश्वर नगरपालिका ६ स्थित सडक छेउबमा रहेको खरको झाडीमा राखिएको अवस्थामा भारतको ओरडनान्स कम्पनीको आरपी–१२१८२० को ७.६२ एमएमको पेस्तोल र पेस्तोलमा लाग्ने ५ राउण्ड गोली तथा एक थान म्याग्जिन समेत बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment