+
+
Shares

छोरीको बाबु बने कपिल शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १२:१५

भारतीय टेलिभिजनको दुनियाँमा कमेडियन कपिल शर्मा सर्वाधिक लोकप्रिय छन् । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आइरहेका कपिलले गतबर्षको डिसेम्बरमा बिहे गरेका थिए ।

कपिलले गिन्नीसँग गतबर्षको डिसेम्बरमा बिहे गरेका हुन् । आफ्नो रियालिटी शोमा सर्वाधिक व्यस्त भएपनि कपिलले परिवारलाई पनि समय दिएका थिए ।

उनै, कपिल बिहे गरेको एक बर्षपछि बाबु बनेका हुन् । कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको जानकारी दिएका हुन् । कपिलले छोरीको जन्म भएको भन्दै सबैको आर्शिवाद पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

कपिलले एक महिना अगाडि नै ‘कपिल शर्मा’ शोका केही भाग छायांकन सकेका थिए । शोका केही भाग पहिले नै छायांकन सकेर कपिल गिन्नी र परिवारलाई समय दिन चाहन्थे । कपिललाई बलिउडकर्मी र उनका फ्यानले बधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?